• बैशाख १७ २०८२, बुधबार

हेटौंडामा दुईवटा सुमो आपसमा ठोक्किदा ११ जना घाइते

फाल्गुन ११ २०७७, मंगलवार

मकवानपुर, हेटौंँडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलमा आज बिहानै सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

बिहान हेटौंँडाबाट काठमाडाँैंतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरका सुमो ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त दुर्घटनामा ११ जना सामान्य घाइते भएको र उनीहरुको हेटौंडाको सञ्चो अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
दुबै सुमोलाई नियन्त्रणमा लिई घटनाकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।