• मंसिर १२ २०८१, बुधबार

सरकार विप्लव समूहसँग वार्ता गर्न सकारात्मक 

फाल्गुन १० २०७७, सोमबार

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विप्लवसँग वार्ता गर्न सरकारको कुनै शर्त नरहेको बताएका छन् ।                                                                                  गुल्मीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री ज्ञवलीले विगतमा सरकारले विप्लवसँग वार्ता गर्न चाहेको तर अहिले ऊ आफै वार्तामा आउने चाहना देखाएकोले सरकारको कुनै शर्त नरहेको बताए। उनले भने,‘हिंसाभन्दा शान्ति र समृद्धि चाहन्छ सरकार, विप्लव समूहसँग पनि वार्ता गर्न सकारात्मक छ।’
त्यस्तै परराष्ट्रमनत्री ज्ञवालीले मुलुक निर्वाचनमा गइसकेको दावी गरे । संसद पुनर्स्थापना नहुने जिकीर गर्दै मन्त्री ज्ञावलीले अब ताजा जनादेशमा जानुको विकल्प नरहेको बताए ।