• मंसिर १२ २०८१, बुधबार

पूर्ववाईसीएलका युवाले साथ छोडेपछि बादल निराश

फाल्गुन १० २०७७, सोमबार

१० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते संसद विघटन गरे पश्चात् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित छ ।

उक्त समूह दुई समूहमा विभाजन भएसँगै एक समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गर्दै आएका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल (प्रचण्ड–नेपाल)ले गर्दै आएका छन् ।

ओलीले कामचलाउ सरकारको नेतृत्व गर्दै आएका छन् भने प्रचण्ड–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ । ओलीले संसद विघटन गरेसँगै प्रचण्ड–नेपालले सडक संघर्ष छोडेका छैनन् ।

पहिलो, दोस्रो र तेस्रो चरणको आन्दोलन सकाएर चौथो चरणको आन्दोलनका कार्यक्रमसमेत घोषणा गरिसकेको छ । फागुन २ गते प्रेस विज्ञप्तिमार्फत ५ गतेबाट चौथो चरणको आन्दोलन घोषणा गरेको संयोजक नारायणकाजी श्रेष्ठले बताए ।

प्रचण्ड–नेपाल समूह सडक संघर्षमा उत्रिए पनि ओलीले कामचलाउ सरकार चलाइरहेका छन् । उक्त कामचलाउ सरकारका गृहमन्त्री एवम् पूर्वमाओवादी कोटाबाट मन्त्री बनेका रामबहादुर थापा ‘बादल’ यतिबेला एक्लिदै गएका छन् ।

नेकपा दुई समूहमा विभाजन भएसँगै ओली समूहमा समाहित भएका गृहमन्त्री बादल एक्लिदै गएको पूर्ववाईसीएलका युवाले. बताएको छन् । तत्कालीन माओवादीको युवा संगठन वाईसीएल र एमालेको युवा संघलाई पार्टीको एकतापछि मिलाएर राष्ट्रिय युवा संघ नेपाल बनाइएको थियो


तर, युवा संघमा आवद्ध केही पूर्ववाईसीएलका सदस्यलाई लिएर गृहमन्त्री थापाले वाईसीएल ब्युँताएका थिए । जसको नेतृत्व बादलकै सचिवालमा रहेका वीरु तामाङले गरेका थिए ।

तथापि ओली समूहको भातृ संगठन राष्ट्रिय युवा संघको दोस्रो केन्द्रीय कमिटी बैठक माघ २५ र २६ गते काठमाडौंमा सम्पन्न भएको छ । उक्त बैठकमा वीरु तामाङको समूहलाई पनि साथमै लैजाने भनिए पनि उक्त समूहले बहिष्कार गरेको छ ।

तर, तामाङको समूहलाई बेवास्ता गर्दै वचनबहादुर सिंहको अध्यक्षतामा ५०१ सदस्यीय युवा संघको नयाँ कार्यसमिति चयन भैसकेको छ । सो कार्यसमिति पूर्वएमालेको एकलौटी भएको भन्दै तामाङको समूहले बहिस्कार गरेको थियो ।

त्यसयता अध्यक्ष वचनबहादुर सिंह र वीरु तमाङ समूहबीच के सम्झौता भएको छ । त्यसको आधिकारिक जानकारी बाहिर सार्वजनिक भएको छैन । तथापि सिंह र तमाङबीच मनमुटाव भने कायमै रहेको स्रोतको दाबी छ । तथापि यस विषयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गम्भीर नभएको पूर्ववाईसीयलका युवाले आरोप लगाउँदै आएका छन् ।

सांगठनिकस्वरूप साँघुरो बन्दै गएपछि राजनीतिक शक्तिबाट कमजोर बन्दै गएका बादल यतिबेला पूर्वजनमुक्ति सेनालगायत माओवादी खेमाका नेता तथा कार्यकर्तालाई रिजाउन सक्नुपथ्र्यो । तर, सकिरहेका छैनन् ।

यद्यपि पार्टीभित्र पूर्वमाओवादी खेमाका गृहमन्त्रीसमेत रहेका बादलको पनि हिस्सा हुने उनीनिकट एक नेताले बताए । गृहमन्त्री बादलले पूर्ववाईसिएल ब्युँताएपछि प्रधानमन्त्री ओलीसँग विवाद सुरु भएको स्रोतको दाबी छ ।

पार्टीमा ओलीको एकछत्र राज देखेर आजित भएका बादलले बाध्य भएर पुष ९ गते वाईसीएल ब्युँताएको स्रोत बताउँछ । वाईसीयल ब्युँताएपछि ओलीसँग वैचारिक खटपट नभएको भने होइन । त्यसयता बादल चिन्तित बन्दै गएका छन् भने पछिल्लो चरणमा पूर्ववाईसीएलका युवाहरूले साथ छोड्र्दै गएपछि उनीमा झन्झन् निराशा छाउँदै गएको छ ।

वाईसीएलका युवाहरूमध्ये वीरु तामाङबाहेक बाँकी सबै युवाले बादलको साथ छोडेका छन् । वीरु तामाङका अनुसार, –‘देशको राजनीतिक अवस्था निकै जर्जर भएकाले तत्काल युवाहरू छिन्नभिन्न नहुन आफूले आग्रह गरे पनि उनीहरू कोही ओलीतिर त कोही प्रचण्ड–नेपाल समूहमा जाने तयारी गरेका छन् ।’

त्यस्तै बादललाई छाडेर ओली समूहमा गएका पूर्ववाईसीयलका नेता कुमार हुमागाईले बादलसँग कमान्ड गर्ने कुनै भिजन नभएकाले आफूले उनको समूह छोडेको बताएका छन् । त्यतिमात्रै नभएर उनले ओली समूहका जनवर्गीय मोर्चाका प्रमुख टोपबहादुर रायमाझीलाईसमेत व्यंग्य गरेका छन् ।

उनले व्यंग्य गर्दै भने, –‘जनवर्गीय मोर्चाका प्रमुख रायमाझी हुनुहुन्छ । तर, उक्त संगठनको पुनर्गठन अर्कैले गरिरहनु भएको छ ।’ तथापि हुमागाईले जनवर्गीय संगठन कसले पुनर्गठन गर्दैछ, त्यसको बारेमा भने खुलाउन चाहेनन् ।

हुमागाई भन्छन्, –‘वचनबहादुर सिंहले युवा संघ एकलौटी गरेको भन्दै आफूहरूले बादल, रायमाझीसँग गुनासो गरे पनि कुनै पहल भएन । त्यसैले हामी उहाँहरूलाई छोड्न बाध्य भएका हौँ ।’

बादल दाइसँग कमान्ड गर्ने कुनै पनि सामाथ्र्य छैन । कि आन्दोलन रोजौँ कि चुनावका लागि त्यही अनुसारको तयारी गरौँ भन्दा उहाँ मौन बस्नुहुन्छ । त्यही भएर हामीले उहाँरूलाई छोड्न विवश भएका हौँ भन्छन्, नेता हुमागाई ।

यता राष्ट्रिय युवा संघका अध्यक्ष वचनबहादुर सिंहले पूर्ववाईसीयलका युवाहरू आफ्नो समूहमा समाहित भए उपाध्यक्ष, सचिव र सहसचिव दिने बताएका छन् ।