काठमाडौं । नासाले मंगल ग्रहको थप अध्ययनका लागि भनेर निकै हलुंगो खालको ‘इन्जेन्युइटी’ नाम दिइएको हेलिकप्टर पर्सिभिअरन्स रोभरको भित्र राखेर पठाएको छ । पर्सिभिअरन्स रोभर मंगल ग्रहको सतहमा आफ्नो खोज कार्यमा व्यस्त रहँदा हेलिकप्टरको खोज कार्य प्रतिक्षामा अडिएको छ ।
७ महिनाको अविराम यात्रापछि ४७ करोड किलोमिटर भन्दा बढि दुरी पार गरेर रोभर उत्रिइसकेपछि अबका दिनमा ड्रोन हेलिकप्टर पनि मंगल ग्रहको आकाशमा आफ्नो खोजलाई अघि बढाउने भएको छ ।
यसको सफल ‘ओपरेट’सँगै मंगल ग्रहको सतहबाट मंगलको आकाशमा एक महिना जतिको समयमा पाँच पटक उडान र अवतरण गर्नेछ ।