गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् ।
८४ वर्षीय टिल बहादुर गुरुङ, उनकी २२ वर्षीया बुहारी आइत कुमारी गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ सोमवार बिहान घरमै मृत फेला परेको प्रहरीले जनाएको छ ।
बिहान अवेरसम्म पनि घरको ढोका नखुलेको र मान्छेको चहलपहल पनि नभएपछि गाउँलेले ढोका खोलेर हेर्दा तीनै जना मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
अहिले इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली घटनास्थलतर्फ पठाइएको र पोष्टमार्टमपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।