९ फागुन, कीर्तिपुर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले उपप्रध्यापक, सहप्राध्यापक र प्राध्यापक पदका लागि आवेदन खुल्ला गरेको छ । उक्त सेवा आयोगले आइतबार (आज) सूचना प्रकाशन गरि आवेदन खुल्ला गरेको हो ।
आयोगले पाँच सय ५० उपप्राध्यापक, २४ सहप्राध्यापक र १४ प्राध्यापक पदका लागि आवेदन खुल्ला गरेको छ । खुला तर्फबाट आवेदन माग गरिएको र आउँदो चैत १४ गतेसम्म फारम भर्न सकिने आयोगले जनाएको छ ।
प्राविधिक तथा गैरप्राविधिक विषयमा प्राध्यापक माग गरिएको छ । प्राध्यापक पदका लागि तीन हजार पाँच सय र सहप्राध्यापकका लागि तीन हजार दुई सय आवेदन दस्तुर लाग्नेछ ।