काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपचारका लागि भारत जानुपरेकोमा आफू लज्जित र दुखित रहेको बताएका छन् ।सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले शरीरमा पलाएको ‘ट्युमर सामान्य कि घातक हो’ छुट्याउन नसकेर विदेश जानुपरेकोप्रति आफू लज्जित र दुखी बनेको बताएका हुन्।
भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ‘अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिँदै गर्दा अत्यन्त लज्जित र दुखित छु,’ ,‘२१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु! सामान्य नागरिकको के होला?’
साथै, उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरुलाई धन्यवाद पनि दिएका छन्।
उनी आइतबार उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका थिए ।