• मंसिर ११ २०८१, मंगलवार

‘प्रकृति पूजक’ र ‘अन्य’ लेखिएकोमा हिन्दूहरुले जनाए विरोध

फाल्गुन ९ २०७७, आईतवार

काठमाडौं । धनुषामा विश्व हिन्दू परिषद नेपालले जनगणना सम्बन्धि सचेतना कार्यक्रम गरेको छ । जनकपुरधाम स्थित गायत्री कुञ्ज अतिथि सदनको सभाहलमा कार्यक्रम गरिएको थियो ।

नेपाल सरकारको केन्द्रिय तथ्याङ्क विभागले प्रत्येक दश वर्षमा गर्ने राष्ट्रिय जनगणनाको बाह्रौँ शृंखला यही वि.स.२०७८ जेष्ठ २२ देखि असार ८ गते सम्म सञ्चालन गदैछ । वक्ताहरुले जनगणनाका लागि तयार पारिएको फारममा धर्म जनाउने बुदाँहरुमा ‘प्रकृति पूजक’ एवं ‘अन्य’ शिर्षक भएको बुदाँ समेत समावेश गरिएकोप्रति विश्व हिन्दू परिषद नेपालको गम्भीर ध्यानार्षण भएको जनाए ।

आउँदो जनगणनामा हिन्दूहरुको संख्या न्युन देखाउने उद्देश्यले पश्चिमा एवं हिन्दू विरोधी तत्वहरुको योजनाबद्ध षडयन्त्र अन्तर्गत जनगणना फारम तयार पारिएको तथ्य प्रष्टै देखिएको छ । यस सन्दर्भमा समय मै सचेत हुन आवश्यक भएको हुनाले विश्व हिन्दू परिषद नेपाल जिल्ला कार्यसमिति धनुषाद्वारा जनगणना सचेतना कार्यक्रम आयोजना गरिएको परिषदका एक सदस्यले बताए ।

कार्यक्रममा प्रमुख अतिथ पूर्व एआईजीपी एवं हिन्दू स्वयंसेवक संघ नेपालका सह-संघ चालक श्री कल्याण तिमिल्सिना, विश्व हिन्दू परिषद नेपालका ट्रस्टी श्री ओमप्रकाश सर्राफ, राष्ट्रिय सदस्य मनोहर साह, जिल्ला अध्यक्ष संतोष साह लगायतको उपस्थिति रहेको थियो ।