विराटनगर, प्रदेश नम्बर १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ ।आइतबार ढिला गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।
नेपालको संविधानको धारा १८८(४ )तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको हो।
आइतबार पनि बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश नगर्न दबाब दिएका थिए । तर, प्रचण्ड–माधव समूहले विश्वासको प्रस्ताव दर्ता गरेको छ ।
सांसद् आङ्वोले अविश्वास प्रस्ताव पेश गरेलगत्तै सभामुख भण्डारीले आगामी फागुन २० गतेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरेका छन् ।