• बैशाख १७ २०८२, बुधबार

अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाईंदै

फाल्गुन ९ २०७७, आईतवार

अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी २१ तारिकका दिन विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा भाषा आयोग र युनेस्को काठमाडौँसँगको सहकार्यमा विभिन्न भाषा र संस्कृति झल्कने गरी प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रज्ञाभवन कमलादीमा कार्यक्रमको उद्धघाटन गरे ।

नेपाल प्रजा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय मातृभाषा कविता वाचन र झाँकी नाँच लगायत विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सबै भाषाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ राष्ट्रिय मातृभाषा कविता महोत्सव आयोजना गरिएको हो । नेपालमा १ सय भन्दा बढी मातृभाषा रहेका छन् । तर लामो समयको एकल जातीय, एकल भाषिक, एकल धार्मिक सांस्कृतिक तरिकाले शासन व्यवस्था चलेका कारण शासन सत्ता भन्दा बाहिर रहेका समुदायका भाषा तथा संस्कृतिहरु सत्ता खोसिएसँगै लोप हुँदै गएका छन् ।

दमनमा पारिएसँगै ती समुदायका भाषा तथा संस्कृतिहरु माथीपनि आक्रमण गरियो । तर लोकतन्त्रको स्थपानसँगै अब भने जनजातिहरु प्नि आफूलाई शसक्त बनाउँदै अगाडी बढ्दैछन् । मातृभाषा मनाउनुको अर्थ यी समुदायको हितमा काम हुनेछ कि कार्यक्रम मनाएको औपचारिकता मात्रै प्रदर्शन गरिनेछ ? त्यसमा यी सबै कुरा निर्भर छन् ।