• बैशाख १७ २०८२, बुधबार

अध्यक्ष ढकालले गरे विजय शाही र टिका पुन लगायतलाई सम्मान

फाल्गुन ९ २०७७, आईतवार

लामो सययदेखि कला, साहित्य तथा विभिन्न क्षेत्रमा क्रियाशील रहेर समाज विकासमा उत्कृष्ठ योगदान गरेका व्यक्तित्वलाई परिवार दलले सम्मान गरेको छ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उनीहरुलाई राजधानीमा आयोजित छुटा छुटै कार्यक्रमा सम्मान गरेका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानका, सिस्नुपानी नेपालका सदस्य कलाकार धिरेन्द्र प्रेमसी झा, लोक तथा आधुनिक गायिका टिका पुन, मैथली भाषाविज्ञ रुपा झा, कलाकार उदिराम खड्का, एञ्जल श्रेष्ठ लगायतलाई सम्मान गरेका हुन् ।

यसरी सम्मानित हुने अन्यमा युवा वैज्ञानिक वसन्त कुमार शाही, सुपर मेमोरी किङ विजय शाही, गिनीज बुक रेकडिस्ट, मंगल विष्ट, गायिका प्रभिमा गहतराज, गायिका स्मृति शाही, गायक सरोज सुनाम, कलाकार लक्ष्मी शाही, पूर्व राष्ट्रसेवक, टिकारा गिरी, युवा व्यवसायीहरु नरेन्द्र राय यादव, सन्तोषकुमार शाह, काजल जैशवाल, गुन्डु खान लगायत रहेका छन् । परिवार दल काठमाडौं-कर्णाली प्रदेश र प्रदेश २ सम्र्पक समितिद्धारा आयोजना गरेको छुटाछुटै कार्यक्रममा उनीहरुलाई अध्यक्ष ढकालले सम्मान गरेका हुन् ।

सम्मान पछि बोल्दै अध्यक्ष ढकालले प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय व्यवस्थाको देशलाई खाँचो रहेको बताए । उनले जनतालाई दुःख दिएर गरिने कुनै प्रकारको आन्दोलनमा परिवार दलको समर्थन नरहने भन्दै सडक प्रर्दशनलाई रोक्न दलहरुलाई आव्हान समेत गरे । ढकालले व्यवस्था परिर्वतन भए पनि नेतृत्व परिर्वतन नभएकोले अहिलेको अवस्था सृजना भएको भन्दै संविधानले दिएको अधिकार प्रयोग गर्न समेत अहिलेका दलहरुले नदिएको जिकिर गरे ।

उनले अहिलेको परिर्वतनलाई संस्थागत गर्नको लागि नयाँ सोच सहितको नयाँ नेतृत्वको आवश्यकता रहेको बताए ।
अध्यक्ष ढकालले प्रतिनिधि सभा विघटन विरुद्धको रिटमा सर्वोच्च अदालतले गर्ने निर्णयलाई परिवार दले आत्मसाथ गर्ने बताए । उनले सर्वोच्चले निर्वाचनमा जाने आदेश दिए परिवार दलले निर्वाचनमा भाग लिने बताए । उनले त्यसकै लागि परिवार दलले प्रदेश भेला आयोजना गरेको उल्लेख गरे ।

ढकालले निर्वाचनमा जाँदा परिवार दलले जुन सुकै राजनीतिक दलसँग पनि सहकार्य गर्न सकिने बताउँदै नेपाल एक घर सम्पूर्ण नेपाली एउटै परिवार भन्ने अवधारणालाई आत्मसाथ गदै अगाडि बढेको उल्लेख गरे । समारोहमा बोल्दै दलका महामन्त्री विनोद डाँगीले परिवार दलले अंगीकार गरेको अग्रपंथी लोकतन्त्र सबै नेपालीलाई जोड्ने पुल बन्ने बताए । डाँगीले नेपाली जनताका हरेक दुःखमा निस्वार्थ साथ दिने तथा बोल्ने भन्दा काममा केन्द्रित हुने पार्टीको नाम परिवार दल हो भन्दै दलले गरेका कामहरुको जानकारी दिए ।

परिवार दलका प्रवक्ता सन्तोषकुमार पौडेलले नयाँ बिचार दिएर हिंडेको राजनीतिक दललाई ठूला भनाउँदा दलहरु उठन नदिएको बताउँदै यस्को विरुद्धमा अव युवाहरुले आवाज उठाउने बेला आएको बताए । नयाँ पुस्तालाई आशा दिने दल लाई अवको जनमत दिन आग्रह गर्दै परिवार दल त्यो विकल्प हुन सक्ने बताए । दलकी कोषाध्यक्ष एवम् संविधान सभा सदस्य मिलनकुमारी राजबंशीले नेता भन्दा जनता चलाख भईसकेकोले अब कुनै पनि राजनीतिक दलको झुटो आश्वासनमा नेपाली जनता नपर्ने बताउँदै पुराना राजनीतिक दलले देशको मुहार फेर्न नसक्ने बताइन् ।

शनिबार आयोजित दुबै कार्यक्रममा दलका केन्द्रीय सदस्य मनोजकुमार सुर्खेती, गणेशकुमार श्रेष्ठ, मनोजलाल कर्ण, रामचन्द्र चौधरी, लक्ष्मीप्रसाद भण्डारी, सन्तोष दास लगायतका वक्ताहरुले अवको राजनीतिक दलको विकल्प परिवार दल भएको बताए । भेलाले काठमाण्डौं-कर्णाली सम्पर्क समितिको संयोजकमा नेत्र शाही, सचिवमा सुनिल सञ्जेल, सहसचिवमा कविराज विकलाई चयन गरेको छ भने काठाण्डौं-प्रदेश २ सम्पर्क समितिको संयोजकमा गुन्डु खानलाई चयन गरको छ ।