बाजुरा। नेपाल कम्युनिष्ट पाटी(नेकपा) ओली पक्षको भातृ संगठन युवा संघ र अनेरास्ववियूले त्रिवेणी साना जल विद्युत केन्द्रको कार्यालयमा ताला लगाएको छ। जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी सहकारी सस्थाद्धारा संचालित त्रिवेणी साना जल विद्युत केन्द्रको कार्यालयमा आइतबार दिउसो सो समूहले ताला लगाएको हो।
विद्युत सेवा नियमित नभएको र सेवाग्राहीबाट महसुल उठाउने विद्युत नआउने भएपछि कार्यालयमा ताला लगाएको उनीहरुले बताएका छन् ।
कार्यालय अगाडी नारा लगाउदै तत्काल विद्युत नियमित गर्न सो समूहले आग्रह गरेको छ । आफूहरुले राखेका मागहरु पुरा नभएसम्म ताला नखोल्ने उनीहरुको भनाइ छ ।
ताला लगाउनु भन्दा पहिलेका विभिन्न चरणहरु पुरा नगर्दै एकाएक प्रतिशोधका आधारमा ताला लगाएको विद्युत संचालन समितिले जनाएको छ ।
साना विद्युत केन्द्रले उत्पादन गर्ने विद्युत उत्पादन भइरहेकोले सोही उत्पापदन खपत हुन थालेपछि माग बढ्दा लोडसेडिंग हुने गरेकाले रचनात्मक भन्दा प्रतिशोधले ताला लगाएको संचालक समितिको भनाई छ।