विराटनगर । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताएका छन् । नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभामा समूहका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न म ।’ कुनै कारण प्रतिनिधि सभा पुनस्र्थापना हुने भयो भने सांसद किनबेच, सरकार बनाउने र ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई कमजोर बनाउने उनले बताए ।
देशलाई अस्थिरतातिर फर्काउने होइन भन्दै उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभामाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला । संधिानको मर्म र भावना हेरेको होला । मुलुक कता जान्छ भन्ने विश्लेषण गरेकै होला ।’