काठमाडौँ। उपप्रधानमन्त्री इश्वर पोखरेलले जनताभन्दा ठूलो न्याययाधीश कोही नहुने भएकाले ताजा जनादेशमा जान लागिएको बताएका छन् । शनिबार काठमाडौंको हाँडीगाउँस्थीत पुननिर्मित भीमसेन मन्दिरको उद्घाटन समारोहमा बोल्दै उनले मुलुकलाई अस्थीरतातर्फ धकेल्ने प्रयास भएको हुनाले ताजा जनादेशमा गएर मुलुकलाई स्थिरतातर्फ लैजान खोजेको बताए ।
‘जनताभन्दा ठूला न्यायाधीश अरु कोही हुँदैन,’ उनले भने, ‘जनताको बिचमा गएर यी चिजहरूको फैसला गर्नुपर्छ । जतना निर्णायक शक्ति हुन् ।
राजनीतिक स्थायित्व भएमात्र मुलुक विकासको बाटोमा अघि बढ्ने र मुलुकबाट अराजकता अन्त्य हुने उनको जिकिर छ ।
उनले एक कार्यकालको सरकारलाई पूरा अवधीभर काम गर्न दिनुपर्ने भए पनि सरकार बदल्ने चलखेल भएको तर्क गरे ।