प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगरमा नेकपा दाहाल -नेपाल समूहका विद्यार्थी तथा कार्यकर्ताले कालो झण्डा देखाएका छन्। विद्यार्थी र कार्यकर्ताहरूले विराटनगर विमानस्थलबाट कार्यक्रम स्थल जाने क्रममा एयरपोर्ट मोडमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन्।
कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
आज हुने आफ्नो समूहको शक्ति प्रदर्शन र सभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आएका हुन् ।