काठमाडौं, नेकपा दाहाल -नेपाल समूहमा रहेका पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किएका छन् ।
दाहाल -नेपाल समूहबाट दुवैजना केपी समूहमा फर्किने तयारीमा रहेको जनाइएको छ । दाहाल -नेपाल समूहमा आफूहरुको सही व्यवस्थापन हुने नदेखिएपछि दुवैजना ओली पक्षतर्फ नै फर्कन लागेको बताइन्छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई भागमा विभाजन भएपछि तामाङ दम्पती ओली समूहका बैठकमा सहभागी भए पनि केही दिनमै दाहाल – समूहमा फर्किएका थिए ।
तामाङ चुनावमा सिन्धुपाल्चोक–२ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन् । पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन् ।