• बैशाख १७ २०८२, बुधबार

पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना सङ्क्रमण

फाल्गुन ७ २०७७, शुक्रबार

काठमाडौं, देशभर थप ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ हजार ९३१ जनाको कोरोना परीक्षण गरिएकोमा थप ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७३ हजार २६३ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ५८३ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ११४ जना निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेहरुको कुल संख्या २ लाख ६९ हजार ६१९ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।