• मंसिर १२ २०८१, बुधबार

२ नम्बर प्रदेश प्रमुख परियारलाई हटाएर झालाई ल्याइयो

फाल्गुन ७ २०७७, शुक्रबार

काठमाडौं । सरकारले प्रदेश २ का प्रदेश प्रमुखलाई हटाइएको छ । प्रदेश प्रमुख तिलक परियारलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले हटाएकी हुन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेश प्रमुख परियारलाई हटाएकी छन् ।

संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पदमुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयको प्रेस नोटमा भनिएको छ,‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री राजेश झा (रौतहट)लाई प्रदेश नं २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।’