• बैशाख १७ २०८२, बुधबार

प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकियो, १० गतेभित्र बहस नाेट दिन आग्रह

फाल्गुन ७ २०७७, शुक्रबार

काठमाडौँ। प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ। प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सुझाव दिन गठन गरिएको ‘एमिकस क्युरी’ सदस्य वरिष्ठ अधिवक्ता गीता पाठककाे बहस सकिएसँगै संसद विघटन मुद्दामा बहस सकिएको हो।

बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन कानुन व्यवसायीलाई आग्रह गरेका छन्। उनकाअनुसार १० गतेपछि मुद्दा हेर्दाहेर्दैमा जान सक्नेछ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। त्यसविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा निवेदनमाथि माघ ४ गते देखि आजसम्म सर्वोच्चको ५ सदस्यीय संवैधानिक इजलासमा नियमित सुनुवाइ भएको थियो।