काठमाडौं । नेपाल कम्युनिनिष्ट पार्टी (नेकपा) दाहाल –नेपाल समूहले बोलाएको आकस्मिक केन्द्रीय समिति बैठक शुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक सुरु भएको स्रोतले जनाएको छ ।
बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पछिल्लो विकसित राजनीतिक घट्नाक्रमका विषयमा छलफल भइरहेको बताइएको छ।
यस अघि पार्टीको स्थायी समिति बैठक बसेको थियो । बैठकमा सबै केन्द्रीय सदस्यहरुलाई आ-आफ्नो नागरिकता ल्याउनका लागि निर्देशन दिइएको थियो ।
गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर बैशाखमा निर्वाचन घोषणा गरेपछि राजनीतिक रुपमा विभाजित नेकपाले विभाजनको कानुनी मान्यता पाइसकेको छैन । कानुनी मान्यताका लागि बहुमत केन्द्रीय सदस्य रहेको दाहाल –नेपाल समूहले नेकपाको आधिकारिकता र सूर्य चिन्ह दावी गरेपनि निर्वाचन आयोगले निर्णय गर्न सकेको छैन ।