काठमाडौँ। देशभर थप ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ हजार ५४१ जनाको कोरोना परीक्षण गरीएकोमा थप ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७३ हजार १६६ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ६०३ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १११ जना निको भएर घर फर्किएका छन् ।योसँगै निको हुनेहरुको कुल संख्या २ लाख ६९ हजार ५०५ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ३ संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५८ पुगेको छ ।