• बैशाख १७ २०८२, बुधबार

चिनियाँ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

फाल्गुन ६ २०७७, बिहीबार

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड– १९) विरुद्ध चिनियाँ खोपलाई पनि आपतकालीन अवस्थामा प्रयोग गर्नका लागि अनुमति दिइएको छ ।

चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको औषधि व्यवस्था विभागले जानकारी जनाएको छ ।

यसअघि नेपालमा अक्सफोर्ड एस्ट्राजेनेकाले विकसित गरेको र भारतले उत्पादन गरेको कोरोनाविरुद्ध खोप ‘कोभिसिल्ड’ले प्रयोगको अनुमति पाइसकेको छ । भारतले यसको १० लाख डोज अनुदानमा नेपाललाई प्रदान गरेपछि अहिले नेपालमा यो खोप लगाउने क्रम जारी छ ।