काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहले आज काठमाडौंमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्दैछ। प्रतिनिधिसभा विघटनविरुद्ध लगातार विरोध प्रदर्शन गर्दै आएको सो समूहले दिउँसो ४ देखि ५ बजेसम्म टुँडिखेलमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्न लागिएको जनाएको छ।
गत माघ २८ गते तेस्रो चरणका कार्यक्रम सम्पन्न गरेको दाहाल–नेपाल समूहले हिजोदेखि चौथो चरणको विरोधका कार्यक्रम शुरु गरेको छ । चौथो चरणका सम्पूर्ण विरोध कार्यक्रमहरु फागुन १५ गतेसम्म जारी रहने सो समूहले जनाएको छ । जिल्लास्तरीय विरोध प्रदर्शन र सभा फागुन १२ गतेसम्म चल्नेछ।
चौथो चरणको संघर्षका कार्यक्रम अन्तरगत काठमाडौंमा मानव साङ्लो प्रदर्शन गर्नुका साथै विभिन्न जिल्लामा विरोध प्रदर्शन र सभा पनि जारी नै रहनेछ ।