काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ दोस्रो साता गर्ने प्रस्ताव गरिएको छ । बुधबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो।
तर प्रस्तावमा सहमति भने भइनसकेको बताइएको छ । यस विषयमा केन्द्रीय समिति बैठकमा छलफल गरेर बिहीबारसम्ममा टुंग्याउने कांग्रेसको तयारी छ ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले जेठमा महाधिवेशन गर्नुपर्ने अडान राख्नुभएको थियो।