• मंसिर १२ २०८१, बुधबार

दाहाल -नेपाल समूहको चौथो चरणको आन्दोलन शुरु

फाल्गुन ५ २०७७, बुधबार

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल – नेपाल समूहको चौथो चरणको आन्दोलन आजबाट शुरु भएको छ ।प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्षमा रहेको सो समूहले आजदेखि चौथो चरणको विरोधका कार्यक्रम शुरु गर्न लागेको हो ।

आन्दोलनको कार्यक्रम अनुसार सो समूहले आजदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रमहरुको आयोजना गर्ने छ ।

कार्यक्रम अन्तर्गत भोलि सो समूहले प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध कार्यक्रम आयोजना गरेको छ । तेस्रो चरणको कार्यक्रम फागुन १५ गतेसम्म तय गरिएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको विरोधमा दाहाल – नेपाल समूहले आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।