• बैशाख १७ २०८२, बुधबार

‘साइबर क्राइम डिपार्टमेन्ट’ बाट भन्दै फोन गर्नेसँग सतर्क रहन आग्रह

फाल्गुन ४ २०७७, मंगलवार

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल र अन्य नदेखिने नम्बरबाट ‘म साइबर क्राइम डिपार्टमेन्ट’ बाट बोलेको भन्दै गरिने टेलिफोनहरुबाट सतर्क रहन आग्रह गरेको छ । ब्यूरोले मंगलबार ब्युरोले एक सूचना जारी गर्दै प्रकाशित गरी त्यस्तो आग्रह गरेको हो ।

सूचनामा भनिएको छ,‘प्रविधिको दुरूपयोग गरी गैरजिम्मेवारी तथा ऐन कानुनविपरीत कार्यप्रति सजग भई, त्यसरी झुक्याउने खालका क्रियाकलापहरूबाट सचेत रहन, आफ्ना व्यक्तिगत कुनै पनि विवरणहरू उपलब्ध नगराउनका साथै त्यस्ता कार्यहरू भएर गरेको पाइएमा तत्काल आफ्नो अभिभावक, नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।’