चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले मङ्गलवार आयोजना गरेको अन्तरक्रियामा उनले सूर्य चिह्न फ्रिज गर्न नमिल्ने बताए ।
अहिलेको सरकारले चुनाव नगराउने दाबी गर्दै अध्यक्ष दाहालले प्रतिनिधि सभा पुनर्स्थापना हुनेमा आफूहरू पूर्ण विश्वस्त रहेको बताए । ‘बाँकी रहेको दुई वर्षे कार्यकाल सांसदहरूले गुमाउन चाहेका छैनन्’, पूर्वप्रधानमन्त्री दाहालले भने ।
अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरे प्रधानमन्त्रीमा आफ्नो दाबी नरहने बताउँदै उनले भने, ‘प्रतिपक्षीको मागलाई प्राथमिकतामा राखिन्छ ।’