काठमाडौंं । सरकारले वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था मिलाएसँगै पुनः श्रम स्वीकृति लिने कामदारको संख्या दैनिक बढिरहेको पाइएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार हाल दैनिक १०० भन्दा बढीले अनलाइनबाट पुन श्रम स्वीकृति लिइएको पाइएको हो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल अनलाइन कार्यान्वयनको सुरुको दिनमा अनलाइनबाट दैनिक १०-१५ जनाले पुन श्रम स्वीकृति लिने गरेको भए तापनि अहिले अनलाइनबाट स्वीकृति लिने संख्या बढिरहेको जानकारी दिए ।
यही २०२१ जनवरी १ देखि संसारको जुनसुकै कुनाबाट पनि पुनः श्रम स्वीकृति अनलाइनबाट लिन सकिने सरकारले व्यावस्था गरिएको थियो । कार्यान्वयन भएको डेढ महिनाको अवधिमा २५ सयको हाराहारीमा अनलाइनबाट नेपाल सहित देशमा विभिन्न ठाउँमा कार्यरत नेपाली कामदारले श्रम स्वीकृति लिइएको विभागका महानिर्देशक दहाल बताए ।