बागलुङ । उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको बागलुङको धवलागिरी इंलिस बोर्डिङ स्कूलमा श्रीपञ्चमी पर्वको अवसरमा सरस्वती पूजा गरिएको छ । आजै सो विद्यालयको ३२औं वार्षिक उत्सव पनि मनाइएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष हेमबहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम भएको हो ।
कार्यक्रममा विद्यालयका प्रअ बालकृष्ण केसी, सञ्चालक समितिका सदस्य त्रय टेकबहादुर रावल, भीमबहादुर केसी, पुनम शर्मा, र शिक्षिका धवलागिरी बालबालिका मन्टेश्वरी एण्ड चाइल्ड केयर सेन्टरका संयोजक इन्दिरा सापकोटा अतिथिकोरुपमा उपस्थित थिए ।
कार्यक्रममा शैक्षिक सत्र २०७६ सालमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरियो । कार्यक्रममा फागुन २ र ३ गते विद्यालयले आयोजना गरेको अतिरिक्त कृयाकलापमा विजेता भएका विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरियो । कार्यक्रममा वर्षको उत्कृष्ट विद्यार्थी तथा वर्षकै उत्कृष्ट कामदार र अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरियो ।
कार्यक्रममा कक्षा ८ की जेहेन्दार छात्रा लविसा खड्काले सरस्वती पूजा र यसको महत्वका बारेमा मन्तव्य राखिन् भने अर्की छात्रा साम्भरी अर्यालले वषन्त पञ्चमीको परिचय सहित सरस्वती बन्दनाको श्लोकहरु सुनाइन् । सोही अवसरमा अक्षराम्भ पनि गरियो । सो अवसरमा भर्ना भएका र भर्ना हुने नयाँ विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको शिक्षक अनुप सुवेदीले जानकारी दिए ।
कार्यक्रमको सञ्चालन शिक्षक अनुप सुवेदी र शिक्षिका सन्ध्या भण्डारीले गरेका थिए । कार्यक्रमकोबीचमा विद्यार्थीहरुले नृत्यपनि प्रस्तुत गरेका थिए । सो अवसरमा सरस्वती पूजा गरिनुका साथै प्रसाद पनि वितरण तथा ग्रहण गरियो । आजको दिनलाई बालबालिकाहरुका लागि विद्यालय शिक्षा प्रदान गर्नका लागि विद्यालय पठाउने दिनकारुपमा लिइन्छ ।