काठमाडौं । काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएका विनयजङ्ग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आइतबार काठमाडौं प्रहरी परिसरमा उनी विरुद्ध जाहेरी दिएकी थिइन् ।
सोही जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।