काठमाडौं । काठमाडौंको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा प्रधानमन्त्री केपी शर्मा ओली र दाहाल -नेपाल समूहका विद्यार्थीबीच झडप भएको छ । आज बिहान सरस्वती पूजाको विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको हो ।
झडपमा परी दाहाल – नेपाल समूहका एकजना विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ ।
ओली समूहले दाहाल – नेपाल समूहका विद्यार्थीमाथि आक्रमण गरेको बताइएको छ ।