काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नको नजिक प्रहरी पुगिसकेको बताएका छन् ।
गृह मन्त्रालयमा आज सर्वोच्च अदालत बार एसोसिएसन, महिला समितिले ज्ञापन पत्र बुझाएपछि संक्षिप्त कुरा गर्दै थापाले प्रहरी घटनाको दोषी नजिक पुगेको बताएका हुन् । कञ्चनपुरकी निर्मला पन्तको जस्तो भट्टको घटना जटिल नरहेको जानकारी गराउँदै गृहमन्त्री थापाले विगतबाट पाठ सिकेर छानबिन टुंगोमा पुर्याउने प्रक्रिया अघि बढेको जानकारी दिए। महिला हिंसा रोक्न सरकार गम्भीर रहेको गृहमन्त्रीको भनाइ छ ।