• बैशाख १७ २०८२, बुधबार

प्रतिनिधिसभा विघटनको मुद्दामा आजदेखि एमिकस क्युरीको बहस

फाल्गुन ४ २०७७, मंगलवार

काठमाडौँ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाइमा रहेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजदेखि एमिकस क्युरीको बहस शुरु हुने भएको छ। संसद विघटनविरुद्ध परेका रिटहरुमा पक्ष-विपक्षका वकिलहरुको बहस सकिएपछि आजबाट एमिकस क्युरीको बहस सुरु हुन लागेको हो। एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन्। उनीहरुले आजबाट आफ्नो राय दिनेछन् । एमिकस क्युरीको रायपछि सर्वोच्चले आफ्नो फैसला सुनाउने छ ।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् । रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ तथा बहस हुँदै आएको छ ।