बारामा ७६ वर्षीया वृद्ध महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
७६ वर्षीया वृद्ध महिलालाई मकै बारीमा लगी जबरजस्ती करणी गरेको आरोपमा कोल्हवी नगरपालिका-८ बस्ने ३९ वर्षीय दल बहादुर लामालाई सोमवार प्रहरीले पक्राउ गरेको छ ।
उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।