• बैशाख १७ २०८२, बुधबार

पछिल्लो २४ घण्टामा थप १ सय २२ जनामा कोरोना सङ्क्रमण

फाल्गुन ३ २०७७, सोमबार

काठमाडौं,देशभर थप १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४१ जनाको कोरोना परीक्षण गरिएकोमा १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७२ हजार ८४० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १४४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । योसँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ६९ हजार २०४ पुगेको छ ।

यसैगरी पछिल्लो चौबीस घण्टामा एक सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म दुई हजार ५५ जना सङ्क्रमितको मृत्यु भएको छ ।