• बैशाख १७ २०८२, बुधबार

प्रधानमन्त्री ओलीद्वारा पुनर्निर्मित मन्त्रिपरिषद् कार्यालयको उद्घाटन

फाल्गुन ३ २०७७, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित मन्त्रिपरिषद् कार्यालयको उद्घाटन गरेका छन् । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुन: सिंहदरबारको मूल भवनबाटै सञ्चालन हुने भएको छ ।

२०७२ सालको भूकम्पले क्षति पुर्‍याएको भवनको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज कार्यालयको उद्घाटन गरेका हुन् ।