• बैशाख १६ २०८२, मंगलवार

गृहमन्त्री बादलसित सपनाले शान्ति सुरक्षा मागिन्

फाल्गुन २ २०७७, आईतवार

काठमाडौं । आफूलाई विनयजंग बस्नेतले युटुबमार्फत धम्की दिएको भन्दै सपना रोकामगरले गृहमन्त्री रामबहादुर थापा बादलसमक्ष शान्ति सुरक्षाको माग गरेकी छन् ।

आइतबार प्रहरीमा जाहेरी दिनुपहिले सपनाले गृहमन्त्री बादललाई भेट गरी शान्ति सुरक्षाका साथै न्याय दिन माग गरेकी थिइन् ।

नेपाल मगर संघका अगुवा नेताहरुका साथमा गृहमन्त्री समक्ष पुगेकी सपनाले आफूलाई सामाजिक सञ्जाल मार्फत धम्की दिएको बताएकी छिन्  ।

बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपनालाई नांगो तस्बिर र भिडियो सार्वजनिक गरिदिने भन्दै बस्नेतले धम्की दिएपछि सपना उजुरी लिएर आइतबार प्रहरीसमक्ष पुगेकी हुन् ।

युटुबका भाइरलम्यान बस्नेतले सपनालाई सार्वजनिक रुपमै धम्की दिएपछि केही दिनअघि सपना निवेदन लिएर गृहमन्त्री रामबहादुर थापा बादलसमक्ष पनि पुगेकी थिइन् । गृहमन्त्रीकै सुझावका आधारमा आज सपना जाहेरी लिएर काठमाडौं प्रहरीसमक्ष पुगेका हुन् ।

जाहेरी प्राप्त भएको भन्दै काठमाडौंका एसएसपी अशोक सिंहले बस्नेतलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिन लागिएको जानकारी दिए ।

बेवारिसे शव जलाएर चर्चामा आएकी सपना बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेपछि बस्नेतले अनेक ढंगले मानसिक यातना दिँदै आएको उनले बताएकी छन् । उनले बस्नेतसँगै मिलेर बेवारिसे शव जलाउने गरेकी थिइन् ।

म्याग्दी घर भएकी सपना आफूसँगै बस्ने गरेको बस्नेतले बताएका थिए । पछिल्लो समय सम्बन्धमा तिक्तता आएपछि बस्नेतले सपनाको चरित्रहत्या गर्न थालेका थिए ।