• बैशाख १६ २०८२, मंगलवार

फेवाताल किनारमा प्रेम दिवस

फाल्गुन २ २०७७, आईतवार

पोखरा । पोखराको फेवाताल स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र हो । नेपाली तथा अंग्रेजी नयाँ वर्ष, चाड पर्व छुट्टीको दिन फेवाताल किनारमा मेला नै लाग्छ । युवतयुवतीकालागि फेवाताल किनार थप आकर्षणको केन्द्र हो ।

प्रेम दिवसमा आइतबार फेवाताल किनारमा युवायुवती टहलीने फोटो खिचेर रमाउन पुगेका थिए । भर्खर बिहे गरेका जोडीदेखि बच्चाबच्ची लिएर ताल किनारमा घुम्ने जोडी पनि उति नै थिए ।

फेवातालको बाँध मर्मत गर्न तालको पानी एक मिटर घटाउदा तालमा पानीको सतह घटेको छ । तालको सतह घटेको हेर्न पुग्नेहरु पनि उतिकै छन् ।

कोभिड-१९ को कारण लामो समय घुम्नबाहिर निस्कन नपाएका जोडी कोरोना सक्रमण केही कम हुन थालेपछि घुम्न निस्कन थालेका छन् । विराटनगरका राजेश शाहको जोडी आइतबार पोखराको फेवाताल किनारमा एक अर्कालाई गुलाफको फूल दिएर प्रेम दिवस मनाए । तालको पानी घट्दा भने अचम्म लागेको उनले सुनाए ।

प्रेम दिवसमा पोखराको फेवाताल किनारमा पुगेर प्रेम प्रस्ताव राख्ने देखि आप्नो छोराछोरी सहित घुम्न जानेको आइतबार मेला नै लागेको थियो । तालमा पानीको सतह घटेपछि ताल भित्रको रकगाडेन देखिएको दृश्यले घुम्न जान आकर्षण थपेको छ । रकगाडेन देखिने गरी फोटो खिच्नेको भीड नै लागेको छ ।

अंग्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ मा प्रयण दिवस मनाइन्छ । पश्चिमा देशका मनाइने यो दिवस पछिल्लो समयमा नेपालमा पनि लोकप्रिय हुँदै गएको छ ।