काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १२ दिनदेखि अनसनरत विद्यार्थीका माग पूरा गर्न आग्रह गरेका छन् । त्रिभुवन विश्वविद्यालय प्राङ्गणमा विगत १२ दिनदेखि नेपाल विद्यार्थी संघ आबद्ध विद्यार्थीहरु अनसन बसेका छन्।
आइतबार अनसनरत विद्यार्थीलाई भेट्दै वरिष्ठ नेता पौडेलले उनीहरुमा मागहरु सुनुवाई हुनुपर्ने बताएका हुन ।
लोकतन्त्रलाई बचाउन स्वीयूको चुनाव गराउनुपर्ने लगायतका विद्यार्थीका माग पूरा हुनुपर्ने वरिष्ठ नेता पौडेलले धारणा राखेको नेपाल विद्यार्थी संघ त्रिवि समितिका अध्यक्ष डा. श्यामचन्द्र अधिकारीले जानकारी दिए ।
लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, त्रिविमा भइरहेको कम्युनस्टकरण बन्द गर्नुपर्ने, त्रिविको क्यालेन्डर अनुसार नयाँ भर्ना प्रक्रिया सुरु गरिनुपर्ने र परीक्षाको नतिजा १ महिनाभित्रै प्रकाशनको सुनिश्चितता हुनुपर्ने लगायतका माग राखिएको छ ।