काठमाडौं । नेपाल कम्युनिष्टपार्टी नेकपा दाहाल-नेपाल समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको दाहाल-नेपाल समूहले पत्रकार सम्मेलन गरेर संघर्षको कार्यक्रम घोषणा गरेको हो ।
फागुन ५ गतेदेखि फागुन १५ गतेसम्मको चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको नेकपाले जनाएको छ । यसअघि दाहाल-नेपाल समूहले गत माघ १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु गरेका थिए ।