काठमाडौं, नेकपा दाहाल -नेपाल समूहले निर्वाचन आयोगलाई नेकपाको विवाद समाधान नगरी कसरी निर्वाचन हुन्छ भनेर प्रश्न गरेको छ ।
आयोगले आइतबार निर्वाचन आचार संहिताबारे छलफल गर्न दलहरुलाई बोलाएको थियो । छलफलमा सहभागी दाहाल-नेपाल समूहका नेता लिलामणि पोखरेलले आयोगले दलको विवाद निरुपण गर्नुको विकल्प नभएको बताए । उनले भने, ‘६४ प्रतिशत मत भएको राजनीतिक दलको विवादसम्बन्धी प्रश्नहरु हल नगरी कसरी निर्वाचन सम्पन्न हुन्छ ? नेकपासँग ६४ प्रतिशत मत छ । त्यसको विवाद हल नगरी निर्वाचन अघि बढ्न सक्दैन’, छलफलमा आफुले राखेको धारणाबारे पोखरेलले जानकारी दिए ।
गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयपछि नेकपा दुई धारमा विभाजित छ ।