बुटवल । बुटवलमा केबलकार बन्ने भएको छ। बुटवलदेखि पाल्पा जोड्ने केबलकारको शनिबार बुटवलको बम्घाटमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे।
बुटवलको चिडियादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने करीब तीन किमीको केबलकार रू तीन अर्ब ५२ करोडको लागतमा निर्माण हुने छ ।
बसन्तपुरको लागि ३ किलो मिटर लम्बाइको केबलकारको सञ्चालनको लागि हालै बसेको मन्त्रिपरिषद बैठकले लुम्बिनी केबल कार प्रालिलाई ६.५ हेक्टर बन क्षेत्र उपयोग गर्न स्वीकृती दिइसकेको छ।
प्रालिले रुपन्देही बुटवल उपमहानगरपालिका ३ को चुरे सामुदायिक वन समेतको ३.१६ हेक्टर र पाल्पाको तिनाउ गाउँपालिका ३ को चिउरीडाँडा न्याउली सामुदायिक वन समेतको ३.११ हेक्टर वन क्षेत्र २५ वर्ष सम्म प्रयोग गर्न पाएको छ।