• मंसिर ११ २०८१, मंगलवार

३ अर्ब लगानीमा पाल्पाको वसन्तपुर डाँडामा केबलकार बन्ने, भोलि प्रधानमन्त्रीबाट शिलान्यास हुँदै

माघ ३० २०७७, शुक्रबार

पाल्पा । करिब ३ अर्ब लगानीमा बुटवलको उत्तरी चुरेदेखी पाल्पाको वसन्तपुर डाँडासम्म केबलकार शनिबार शिलान्यास हुँदै छ।

आईएमई ग्रुपको मुख्य लगानी रहेको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्न लागेका हुन्।

नेकपा ओली समूहले फागुन १ गते बुटवटलमा आमसभा गर्दै छ। उक्त सभालाई सम्बोधन गर्न जानलागेका प्रधानमन्त्रीले स्थानीयको समेत लगानी भएको लुम्बिनी केबलकार प्रालिको उद्घाटन गर्ने आईएमई ग्रुपले जानकारी दिएको छ।

सरकारले रुपन्देही र पाल्पाअन्तर्गत पर्ने ६.७ हेक्टर बन क्षेत्रको प्रयोगका लागि स्वीकृति दिइसकेको छ।

केबलकार करिब ३ किलोमिटरको हुनेछ। केबलकारको अन्तिम स्टेसन पाल्पाको बसन्तपुरमा पाँचतारे होटल समेत निर्माण हुने बताइएको छ ।

वसन्तपुरमा मनोरञ्जन पार्क, पिकनिक स्पट पनि रहेको केबलकारमा १७ वटा डब्बा हुनेछन्।

एक डिब्बामा ८ जना चढ्न सकिन्छ। लुम्बिनी केबलकार प्रालि २ वर्षमा सकिने कम्पनीले बताएको छ ।

आइएमई ग्रुपले काठमाडौंको चन्द्रागिरिमा केबलकार सञ्चालन गरिसकेको छ।