• बैशाख १६ २०८२, मंगलवार

बुटवलमा शनिबार ओली पक्षको सभा, दुई लाख मान्छे उतार्ने दाबी

माघ ३० २०७७, शुक्रबार

बुटवल । केपी ओली नेतृत्वको नेकपाले शनिबार लुम्बिनी प्रदेशको बुटवलमा आमसभा गर्दैछ। सिद्धेश्वर मैदानमा हुने सो आमसभामा दुई लाखभन्दा बढी उपस्थित गराउने सो पार्टीको दाबी छ।

रुपन्देहीबाट १ लाख र प्रदेशका अन्य जिल्लाबाट १ लाख मानिस ल्याइने सो पार्टीका नेताहरुले बताएका छन्।

त्यसका लागि महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री टोपबहादुर रायमाझी लगायतका नेताहरु खटिएका छन्।

जनयुद्ध दिवसकै दिन शनिबार बिहान ११ बजे सभा सुरु हुने मुख्यमन्त्री पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

सभाअघि गोलपार्क, चौराह, जोगीकुटी, तिनाउ पुल लगायतका स्थानबाट विभिन्न जुलुस निस्किनेछ।

सभामा ओली समूहका सबै शीर्ष नेताले सम्बोधन गर्ने जनाइएको छ।

प्रधानमन्त्री ओली, महासचिव पौडेल, स्थायी समिति सदस्य रायमाझी र लेखराज भट्ट तथा मुख्यमन्त्री पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्नेछन्।