काठमाडौँ,वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी दम्पत्तीले मृत्युपछि शरीर दान दिने घोषणा गरेका छन्। शुक्रबार ललितपुर महानगरपालिकाको प्राङ्गणमा जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो भौतिक शरीर मृत्युपछि दान गर्ने घोषणा गरेका हुन् ।
चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान दिएको उनीहरूको भनाइ छ । १०१ वर्षीय जोशी र ९६ वर्षीया श्रीमती राधादेवी जोशीसहितको हस्ताक्षरसहितको किष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मन्जुरी पत्रमा छोरा अनुपराज जोशीले हस्ताक्षर गरेका छन् ।
आफ्नो शरीर आफू मरेपछि पनि उपयोगी होस् भनेर दुबै दम्पत्तले यो कदम चालेको उनीहरुले बताएका छन् ।