• बैशाख ६ २०८२, शनिबार

काँग्रेस र कम्युनिष्टसँग जनता वाक्क दिक्क भए : कमल थापा

माघ ३० २०७७, शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ट र काँग्रेसको काम व्यबहारबाट जनता वाक्क दिक्क भएको बताएका छन्।

संसद विघटनपश्चात् मुलुक थप अन्यौल र अस्थिरता तर्फ उन्मुख भएको भन्दै थापाले लोकतन्त्रको आवरणमा मुलुकमा लुटतन्त्र हावी भएको बताए।

शुक्रबार पार्टीको हेटौंडामा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले सर्वधर्म समभावसहितको सनातन धर्मको रक्षा अहिलेको आवश्यकता भएको भन्दै धार्मिक द्वन्द्व चर्केर जाने खतरा बढेको दाबी गरे।

थापाले निर्वाचन प्रणाली खर्चिलो भएको निष्ठा र इमानदारिताको राजनीति कमजोर हुँदै गएको भन्दै विकास र समृद्धिको सपनालाई २०६२/६३ पछिको परिवर्तनले संस्थागत गर्नुको सट्टा चकनाचुर पारेको बताए।

कार्यक्रममा राप्रपाका नेताहरू मधु अधिकारी, राजाराम बर्तौला, नबराज विष्ट, बालकृष्ण कार्की, रामहरि न्यौपाने, गुरुप्रसाद सापकोटा, सागर थापा, रामकृष्ण श्रेष्ठ, रमेश चौलागाईं लगायतले बोलेका थिए।