• मंसिर ११ २०८१, मंगलवार

रुकुमपूर्वमा साहसिक खेल क्यानोनिङको सम्भाव्यता अध्ययन

माघ २९ २०७७, बिहीबार

 रुकुमपूर्व ।  साहसिक खेल क्यानोनिङ सञ्चालनका लागि भूमे गाउँपालिकामा दुईखोलाको छहरामा पूर्वसम्भाव्यता अध्ययन गरिएको छ।

यही माघ २५ देखि २७ गते गरी तीन दिनमा भूमेका दुई खोलाको अग्ला छहरामा साहसिक खेल क्यानोनिङ सञ्चालनका लागि पूर्वसम्भाव्यता अध्ययन गरिएको हो ।  भूमे–२ मा रहेको काँक्रीस्थित गोन्टे छहरा र भूमे–३ तुन्बाङ खोलास्थित तीनताले छहरामा क्यानोनिङ खेल सञ्चालनका लागि पूर्वसम्भाव्यता अध्ययन गरिएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो। चालु आर्थिक वर्ष गाँपालिकाले पर्यटकीय तथा साहसिक खेलको खोजी, अनसुन्धान र प्रवर्द्धनका लागि एक लाख विनियोजन गरेको छ।

गाउँपालिका मातहतमा रहेको युवा विकास केन्द्रको आयोजनामा पोखरा फ्रिडम एडभेञ्चर प्रालिको प्राविधिक सहयोगमा क्यानोनिङ सञ्चालनको लागि पूर्वसम्भाव्यता अध्ययन गरिएको अध्यक्ष बुढाले जानकारी दिनुभयो। तीन खण्ड गरी करिव एक सय मिटर अग्ला छहरामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन क्यानोनिङ सञ्चालनका लागि पूर्वसम्भाव्यता अध्ययन गरिएको हो।