काठमाडौं, देशभर थप ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ हजार २३ जनाको कोरोना परीक्षण गरिएकोमा ८१ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७२ हजार ४३० पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ७१८ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १ सय ११ जना निको भएर घर फर्किएका छन् । यो सँगै नेपालमा निकोहुनेहरुको कुल संख्या २ लाख ६८ हजार ६६० पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५२ पुगेको छ ।