• मंसिर १२ २०८१, बुधबार

रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न दाहाल-नेपाल समूहको माग

माघ २९ २०७७, बिहीबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहाई गर्न माग गरेको छ। बिहीबार प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै झाँक्रीको रिहाईको माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ,‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।’

लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने भन्दै श्रेष्ठले रामकुमारी पक्राउको घोर निन्दा तथा भत्सर्ना गरेका छन् । साथै झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेका छन् ।