काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता गगन थापाले असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्नेमाथि सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द नहुने बताएका छन् ।नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द नहुने भन्दै उनले सरकारलाई झ्यालखानाको संख्या थप्न सुझाव दिएका छन् नेकपा दाहाल –नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि थापाले यस्तो टिप्पणी गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति!
सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।’